युवा असन्तुष्टि सम्बोधन नभए लोकतन्त्र संकटमा पर्छ : उपेन्द्र यादव

युवा असन्तुष्टि सम्बोधन नभए लोकतन्त्र संकटमा पर्छ : उपेन्द्र यादव

दक्षिण कोरिया । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले युवापुस्ताको राजनीतिक असन्तुष्टि र परम्परागत नेतृत्वप्रतिको अविश्वास सम्बोधन गर्न नसके लोकतन्त्र संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।

दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (ICAPP) को १३औँ महासभालाई सम्बोधन गर्दै यादवले युवा आन्दोलनलाई रोजगारी, अवसरको अभाव र राजनीतिक जवाफदेहिताको मागसँग जोडेर व्याख्या गरे।

उनले युवालाई नीति निर्माण, राजनीतिक नेतृत्व र राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा जोड दिए।

यादवले लोकतन्त्र निर्वाचनमा मात्र सीमित नभई समान अधिकार, समावेशिता, सामाजिक न्याय र जवाफदेहितामा आधारित हुनुपर्ने बताए।

उनले नेपालको असंलग्न परराष्ट्र नीति, राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय सहकार्यको महत्वसमेत औँल्याउँदै जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता मुलुकलाई विकसित राष्ट्रले पर्याप्त जलवायु वित्त र प्रविधि उपलब्ध गराउनुपर्ने धारणा राखे।

Tokha