गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय

गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको संसदीय बोर्ड बैठकले कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो।

एमालेबाट सरकारमा भौतिक पूर्वाधारमन्त्री गोविन्दबहादुर नेपाली, कृषिमन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डे रहेका छन्। उनीहरूले सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्।

केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्य सुरु भएपछि गण्डकीमा पनि नयाँ सत्ता समीकरण निर्माणका लागि पहल गर्ने एमालेले जनाएको छ।

गण्डकी प्रदेशसभामा हाल ५९ सदस्य छन्। कांग्रेसका २७, एमालेका २२, नेकपाका ७, राप्रपाका २ र नेपाल समाजवादी पार्टीका १ सांसद छन्। बहुमतका लागि ३० सांसद आवश्यक पर्ने भएकाले एमाले सरकारबाट बाहिरिए पनि राप्रपा र नेसपाको समर्थन कायम रहे कांग्रेस नेतृत्वको सरकार तत्काल अल्पमतमा नपर्ने देखिएको छ।

Tokha