काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६९ जना चालकलाई कारबाही गरेको छ।
सोमबार बिहानसम्म गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७६ जना, सीसीटीभीमार्फत ७५ जना र रातोबत्ती उल्लंघन गर्ने ५९ जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १३० जना, हर्न निषेध उल्लंघन गर्ने १३ जना, लेन क्रस गर्ने ८ जना, सवारीको अवस्था ठीक नभएका २१ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने १४ जना चालकलाई कारबाही गरिएको छ।
अन्य कसुरमा ३७३ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।



































