२४ घण्टामा ट्राफिक प्रहरीद्वारा ९९१ जना चालक कारबाहीमा

२४ घण्टामा ट्राफिक प्रहरीद्वारा ९९१ जना चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ९९१ जना सवारी चालकलाई पछिल्लो २४ घण्टामा ट्राफिक प्रहरीले कारबाही गरेको छ।

शुक्रबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँच तथा निगरानीका क्रममा उनीहरू कारबाहीमा परेका हुन्। ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनेदेखि तीव्र गति, रातोबत्ती उल्लंघन, लेन क्रस र हर्न निषेधसम्बन्धी नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेको जनाएको छ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९ जना, सिसिटिभीमार्फत ६५ जना र रातोबत्ती उल्लंघन गर्ने ४७ जना चालक कारबाहीमा परेका छन्।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १४४ जना, हर्न निषेध उल्लंघन गर्ने ३४ जना, लेन क्रस गर्ने ४५ जना र सवारीको अवस्था ठीक नभएका ४१ जना चालकलाई कारबाही गरिएको छ। एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ९ जना तथा अन्य प्रकृतिका ट्राफिक नियम उल्लंघन गर्ने ५९७ जना चालक पनि कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ। प्रहरीले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

Tokha