नेपाल लिकर्सका सीईओ तुलाधर सिंगापुरको प्रतिष्ठित अवार्डबाट सम्मानित

नेपाल लिकर्सका सीईओ तुलाधर सिंगापुरको प्रतिष्ठित अवार्डबाट सम्मानित

 

काठमाडौं । नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभनिश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित प्रतिष्ठित एसिया बिजनेस लिडर्स अवार्ड्सबाट सम्मानित भएका छन्।

 

तुलाधरलाई उत्कृष्ट नेतृत्व र व्यवसायिक योगदानको कदर गर्दै ‘सीईओ अफ दि इयर’ अवार्ड प्रदान गरिएको हो।

 

नेपाल लिकर्सले यो सम्मान कम्पनीका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रकै ऐतिहासिक उपलब्धि भएको जनाएको छ। यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमता र सम्भावनालाई उजागर गरेको कम्पनीको भनाइ छ।

 

एसिया बिजनेस लिडर्स अवार्ड्सले प्रत्येक वर्ष एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीहरूलाई उनीहरूको नेतृत्व क्षमता, रणनीतिक नवप्रवर्तन तथा सम्बन्धित उद्योगमा पुर्‍याएको रूपान्तरणकारी योगदानका आधारमा सम्मान गर्दै आएको छ।

 

जेनजी पुस्ताका नेतृत्वकर्तामध्ये एक तुलाधरले युनिभर्सिटी अफ रिचमन्ड र इसेक बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेका छन्। उनले अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र कम्पनीभित्रको व्यावहारिक अनुभवलाई संयोजन गर्दै नेपाल लिकर्समा नयाँ दृष्टिकोण र रणनीति अघि बढाएको कम्पनीले जनाएको छ।

 

सम्मान ग्रहणपछि तुलाधरले यो उपलब्धि आफू एक्लैको नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको मेहनत र समर्पणको परिणाम भएको बताएका छन्।

 

“यो प्रतिष्ठित सम्मानबाट सम्मानित हुन पाउँदा म अत्यन्तै आभारी छु। यो सफलता मेरो मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको लगनशीलताको परिणाम हो,” उनले भने।

 

उनले उक्त सम्मान कम्पनीका संस्थापक तथा आफ्ना हजुरबुबा भक्त वीर सिंह तुलाधरको दूरदृष्टि, मार्गदर्शन र परिवारको निरन्तर सहयोगप्रति समर्पित गरेको बताए। साथै नेपाल लिकर्सलाई अझ नयाँ उचाइमा पुर्‍याउन प्रतिबद्ध रहेको उल्लेख गरे।

Tokha