नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

नेपाल चिकित्सक संघले नारायणी अस्पताल, वीरगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कानुनी कारबाही नभएको भन्दै देशव्यापी आन्दोलन घोषणा गरेको छ।

संघले आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने जनाएको छ। साथै, काठमाडौं उपत्यकामा बिहान १० बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिनेछ भने उपत्यकाबाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र कार्यस्थलमै धर्ना तथा विरोध प्रदर्शन गरिने कार्यक्रम रहेको छ।

संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध मुद्दा दर्ता नभएको, पीडित स्वास्थ्यकर्मीले न्याय नपाएको तथा वार्तामा सहभागी चिकित्सकमाथि प्रशासन र प्रहरीबाट दुव्र्यवहार भएको आरोप लगाएको छ।

Tokha