काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं, ८ श्रावण २०८३ / काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं तह) उद्धव भट्टराई घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको जनाएको छ।

आयोगका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराउने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिई घुस मागेको भन्ने सूचनाका आधारमा निगरानी गरिएको थियो।

निगरानीका क्रममा भट्टराईलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

Tokha