सिंहदरबार गेटबाट अनेरास्ववियु अध्यक्ष दीपक धामीसहित ७ जना पक्राउ

सिंहदरबार गेटबाट अनेरास्ववियु अध्यक्ष दीपक धामीसहित ७ जना पक्राउ

काठमाडौं । सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जनालाई पक्राउ गरेको छ।

बुधबार सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा तथा सीटीईभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन्।

प्रहरीका अनुसार निषेधित क्षेत्र तोडेर प्रदर्शन तथा नाराबाजी गर्न खोजेपछि सुरक्षाको दृष्टिले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

Tokha