आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११:२० बजे निधन भएको हो। उनले बिहीबार राहदानी विभाग परिसरबाहिर आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याइएका नेपालीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Tokha