मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं । फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक–एक गोल गरे।

दोस्रो हाफको ६०औँ मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले पेनाल्टी क्षेत्रको किनारबाट आकर्षक प्रहार गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि ६६औँ मिनेटमा एम्बाप्पेकै पासमा डेम्बेलेले दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

यस जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ।

Tokha