रास्वपाको सहमहामन्त्री (खुला) मा ११ जनाको उम्मेदवारी

रास्वपाको सहमहामन्त्री (खुला) मा ११ जनाको उम्मेदवारी

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री (खुला) पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

 

पार्टीको निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार रमेश प्रसाई, यज्ञमणि न्यौपाने, शुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त उम्मेदवार बनेका छन्।

 

प्रमुख निर्वाचन आयुक्त भुवन केसीका अनुसार रास्वपाको विधानबमोजिम सहमहामन्त्री (खुला) पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ। सोही दुई पदका लागि ११ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

Tokha