काठमाडौं १२ असार २०८३।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता भएको छ।
आज बिहान विराटनगरस्थित कोइराला निवासमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, वर्तमान राजनीतिक अवस्था तथा आपसी चासोका विषयमा छलफल भएको डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन्।
भेटमा पछिल्लो राजनीतिक परिस्थिति, दलहरूबीचको संवाद, सहकार्यका सम्भावना तथा समसामयिक राष्ट्रिय राजनीतिक विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।



































