विकल्पबिनै हटाउन खोजिएको भन्दै दृष्टिविहीनको माइतीघरमा धर्ना

विकल्पबिनै हटाउन खोजिएको भन्दै दृष्टिविहीनको माइतीघरमा धर्ना

काठमाडौं । सडक पेटी केन्द्रित स्वरोजगार गर्दै आएका दृष्टिविहीन व्यवसायीहरूले वैकल्पिक व्यवस्था माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्।

सरकारका विभिन्न निकायहरूले सडक पेटीलाई कार्यक्षेत्र बनाएर जीविकोपार्जन गरिरहेका दृष्टिविहीनहरूलाई धरपकड गरी काम गर्न नदिएको आरोप लगाउँदै उनीहरू मंगलबार आन्दोलनमा उत्रिएका हुन्।

दृष्टिविहीन व्यवसायीहरूको समूहले राज्यका निकायहरूले जबरजस्ती हटाउन खोजेको भन्दै त्यसको विरोध गरेको छ। घामपानी, धुलोधुँवा सहेर सडकलाई कार्यक्षेत्र बनाउनु आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गर्दै उनीहरूले वैकल्पिक रोजगारी वा कार्यस्थलको व्यवस्था गर्न माग गरेका छन्।

यसअघि सोमबार पनि उनीहरूले यही माग राख्दै विरोध प्रदर्शन गरेका थिए।

Tokha