बुढानीलकण्ठ नगरपालिकाको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले विभिन्न विकास आयोजना तथा कार्यक्रमहरूको स्थलगत अनुगमन गर्दै कार्य प्रगति, गुणस्तर तथा प्रभावकारिताको मूल्याङ्कन गरेको छ।
अनुगमनमा नगर उप–प्रमुख अनिता लामाको समेत सहभागिता रहेको थियो। साथै, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्राविधिक साकार अधिकारी, विष्णु कटुवाल, अनुगमन तथा मूल्याङ्कन समिति सदस्य चन्द्रमान श्रेष्ठ तथा वडा नं. ४ का वडा अध्यक्ष श्रीराम के.सी.को उपस्थिति रहेको थियो।
स्थलगत अनुगमनका क्रममा सञ्चालनमा रहेका योजनाहरूको प्रगतिबारे जानकारी लिँदै कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन आवश्यक सुझाव तथा निर्देशन दिइएको जनाइएको छ। नगरपालिकाले विकास निर्माणका गतिविधिलाई गुणस्तरीय र जनउत्तरदायी बनाउन नियमित अनुगमनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

































