काठमाडौं । बागमती प्रदेशसभा को वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ ।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची तय गरिएको छ ।
प्रदेश सरकारको सिफारिसमा दीपकप्रसाद देवकोटा ले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।
यो अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, बजेट तथा प्रदेश सरकारका प्राथमिकतामाथि केन्द्रित रहने जनाइएको छ ।



































