बालेनको खोजी गर्दै हर्कले आज पनि देखाए पर्चा

बालेनको खोजी गर्दै हर्कले आज पनि देखाए पर्चा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध गरेको छ । अध्यक्ष हर्क साम्पाङसहितका सांसदले प्लेकार्ड देखाएर विरोध गरेका हुन् । बैठकको सुरुमै उनीहरुले प्लेकार्ड देखाएका थिए ।

सभामुखले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए । त्यसपछि बैठक अघि बढेको छ ।

यसअघि हिजो बसेको बैठकमा पनि श्रम संस्कृति पार्टीले प्लेकार्डसहित विरोध गरेको थियो । विशेषगरी प्रधानमन्त्री बालेन शाह संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै श्रम संस्कृति पार्टीले विरोध गरिरहेको छ ।

Tokha