लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ? : हर्क साम्पाङ

लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ? : हर्क साम्पाङ

२०८३ वैशाख २८/लिपुलेक सीमाक्षेत्रमा भारतले नाका सञ्चालन गरिरहेको विषयलाई लिएर प्रतिनिधिसभामा सांसद हर्क साम्पाङ राई ले सरकारको मौनतामाथि प्रश्न उठाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लिपुलेकमा भारतले नाका खोलेर सञ्चालन गरिरहँदा सरकारले कुनै स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै आपत्ति जनाए ।

उनले भने, “लिपुलेकमा भारतले नाका खोलेर चलाइरहेको छ । तर सरकार किन मौन छ ?”

साम्पाङले नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाउँदै सीमा सुरक्षाभन्दा सुकुम्बासी बस्तीमा परिचालन गरिएको आरोप लगाए । उनका अनुसार सेना सीमा रक्षा गर्नभन्दा आफ्नै नागरिकमाथि दमन गर्न प्रयोग भइरहेको देखिएको छ ।

उनले भने, “नेपाली सेनालाई सीमा रक्षामा पठाइयो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो ? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै देश बचाउन नसक्नु, जनताको बस्तीमा आगो लगाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ ।”

देश अभिभावकविहीन जस्तो अवस्थामा पुगेको टिप्पणी गर्दै उनले लाखौँ सुकुम्बासीलाई विस्थापित बनाउने र आत्महत्यासम्म बाध्य पार्ने अवस्था सिर्जना हुनु सरकारको असफलता भएको दाबी गरे ।

Tokha