काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल का नव–नियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठ ले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो। १८ वैशाखमा तत्कालीन आईजीपी राजु अर्याल अवकाशमा गएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका हुन्।
यससँगै पौडेलले औपचारिक रूपमा सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका छन्।

सशस्त्र प्रहरीमा आईजीको पदावधि चार वर्ष हुने कानुनी व्यवस्था छ।
अर्याल २०५४ चैत १८ मा इन्स्पेक्टर पदबाट नेपाल प्रहरीमा प्रवेश गरी पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए।






























