काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले सुकुम्बासी व्यवस्थापनका विषयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग सर्वदलीय बैठक गरी छलफल गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित बैठकमा नगरभित्र रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने विषयमा व्यापक रूपमा विचार–विमर्श गरिएको थियो।
बैठकमा वास्तविक सुकुम्बासीको पहिचान, सार्वजनिक जग्गाको संरक्षण तथा दीर्घकालीन समाधानका उपायबारे सुझाव आदान–प्रदान गरिएको थियो। कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सम्बन्धित शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
नगरपालिकाले सबै पक्षसँग समन्वय गर्दै समस्या समाधानतर्फ ठोस पहल गर्ने प्रतिबद्धता जनाएको छ।






























