भक्तपुर । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा रहेका अतिक्रमित संरचना तथा सुकुमबासी बस्ती हटाउन आइतबार पुनः डोजर चलाउन सुरु गरिएको छ। सो क्षेत्रमा अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।
यसअघि शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि स्थानीयले ढुंगामुढा गरेका थिए। सो क्रममा प्रहरीसमेत घाइते भएको जनाइएको छ। स्थानीयको कडा प्रतिकारपछि डोजरसहितको टोली फिर्ता हुन बाध्य भएको थियो।
डोजरसहितको टोलीले गैह्रीगाउँस्थित सुकुमबासी बस्ती खाली गराइसकेपछि साँझ मनोहरा नदी किनार पुगेको थियो।
शनिबार काठमाडौं महानगरपालिका ले थापाथली र गैह्रीगाउँका सुकुमबासी बस्तीमा डोजर चलाएको थियो। आइतबार मनोहरा क्षेत्रका बाँकी बस्ती हटाउने तयारी गरिएको छ।
































