पोखरा – बुधबार राति पोखराका विभिन्न क्षेत्रमा प्रहरीले विशेष ‘स्वीप अपरेसन’ चलाउँदै १२२ जनालाई नियन्त्रणमा लिएको छ। टोले गुण्डागर्दी, लागुऔषध कारोबार र शंकास्पद गतिविधिविरुद्ध करिब १० घण्टा चलेको अभियानमा १०० भन्दा बढी प्रहरी परिचालन गरिएको थियो।
लेकसाइड क्षेत्रबाट पर्यटकलाई दुःख दिएको आरोपमा २० महिला पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार ती महिलामाथि यौनकार्यका लागि ग्राहक खोज्ने, होटल मिलाउने र पर्यटकसँग आर्थिक लेनदेनमा ठगी गर्ने गुनासो आएको थियो। लेकसाइडका व्यवसायीहरूले समेत सडकमै खुला रूपमा यस्ता गतिविधि भइरहेको भन्दै प्रहरीमा मौखिक उजुरी दिएका थिए।
यता नागरिक समाजले निर्दोष नफसून् भन्दै प्रहरीलाई सचेत रहन आग्रह गरेको छ।































