काठमाडौं २०८३ वैशाख ९। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोपपछि चौतर्फी आलोचना बढेपछि उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन्।
गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले राजीनामा दिने निर्णय गरेका हुन्।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेको दिन नै मन्त्रिपरिषद् गठन गरेका थिए, जसअन्तर्गत सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए।
सुरुवाती चरणमा उच्च पदस्थ कर्मचारीहरूलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विभिन्न विवाद र आलोचनाको केन्द्रमा परेका थिए।































