ओली–प्रचण्ड भेट: नयाँ राजनीतिक समीकरणको संकेत

ओली–प्रचण्ड भेट: नयाँ राजनीतिक समीकरणको संकेत

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली लाई भेटेका छन् । पत्थरीको शल्यक्रियापछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा उपचाररत ओलीलाई भेट्न प्रचण्ड बिहीबार साँझ पुगेका हुन् । उनी करिब आधा घण्टा अस्पतालमा बसेको जनाइएको छ ।

पद्मा अर्यालका अनुसार प्रचण्डले ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए । एमाले र नेकपाबीच सहकार्यको चर्चा चलिरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि एमालेका पदाधिकारीहरूले माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायत नेकपाका नेताहरूसँग सम्भावित सहकार्यका विषयमा छलफल गरेका थिए । करिब चार घण्टा भएको उक्त छलफलपछि प्रचण्ड ओलीलाई भेट्न अस्पताल पुगेका थिए ।

त्यसपछि पनि एमाले र नेकपाबीच संवाद जारी रहेको बताइएको छ । आज पुनः एमालेका एक पदाधिकारीले प्रचण्डसँग भेट गरी आगामी सहकार्यबारे कुराकानी गरेको बताइएको छ ।

Tokha