आजदेखि खुला भयो खुला मञ्च

आजदेखि खुला भयो खुला मञ्च

सर्वसाधारणलाई खुला

काठमाडौँको ऐतिहासिक स्थल खुलामञ्च आजदेखि सर्वसाधारणका लागि योग, ध्यान तथा साउण्ड हिलिङ जस्ता स्वास्थ्य–सम्बन्धी गतिविधिका लागि खुला गरिएको छ। काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानलाई पुनः नागरिकमैत्री बनाउने उद्देश्यसहित खुलामञ्चलाई खुला उपयोगका लागि उपलब्ध गराएको हो।

आज बिहान आयोजित कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल को उपस्थितिमा खुलामञ्च औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको हो। अब यहाँ नियमित रूपमा योग, ध्यान तथा साउण्ड हिलिङ जस्ता शारीरिक र मानसिक स्वास्थ्यसँग सम्बन्धित गतिविधि सञ्चालन गरिनेछ।

यसअघि खुलामञ्चमा विभिन्न संरचना तथा प्रयोगका कारण खुला पहुँच सीमित रहँदै आएको थियो। तर पछिल्ला वर्षहरूमा सार्वजनिक स्थानलाई व्यवस्थित र खुला बनाउने नीतिअनुसार यसको स्वरूपमा सुधार गरिएको बताइएको छ।

स्मरणीय छ, काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको कार्यकालमा खुलामञ्चमा हरियाली विस्तार, दुबो रोपाइँ तथा संरचनागत व्यवस्थापन गरी सार्वजनिक प्रयोगका लागि उपयुक्त बनाउने काम गरिएको थियो।

महानगरले खुलामञ्चलाई अब नियमित रूपमा नागरिक स्वास्थ्य, सामाजिक र सामुदायिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ।

Tokha