बुढानीलकण्ठ नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह – १५ दिनभित्र दर्ता गर्न आग्रह

बुढानीलकण्ठ नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह – १५ दिनभित्र दर्ता गर्न आग्रह

काटमाडौं । बुढानीलकण्ठ नगरपालिकाले “व्यक्तिगत घटना दर्ता सप्ताह“ २०८३ को आयोजन गरेको छ । यो सप्ताह १ बैशाख देखि ६ गते सम्म सञ्चालन हुनेछ। नगरपालिका आफÞ्नो क्षेत्रका नागरिकलाई जन्म, मृत्यु, विवाह, बसाइ सराई र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटनाहरूलाई १५ दिनको भित्र नगरपालिका कार्यालयमा दर्ता गराउन आग्रह गरेको हो ।

नगरपालिकाले जारी गरेको सूचना अनुसार, जनतालाई यो सेवा विभिन्न प्रमाणपत्र प्राप्त गर्नको लागि अत्यन्त आवश्यक रहेको छ। यसका लागि नागरिकहरूले नगरपालिकाको कार्यालयमा आएर आफ्ना व्यक्तिगत घटनाहरूलाई दर्ता गराउनुपर्नेछ।

नगरपालिकाले भनेको छ–“व्यक्तिगत घटनाहरूको दर्ता नगरपालिकामा गर्नाले नागरिकहरूलाई कानुनी हक र प्रमाणपत्र प्राप्त गर्न सजिलो हुन्छ। यसले प्रशासनिक कामकाजमा पारदर्शिता र द्रुतता ल्याउँछ।“

साथै, नगरपालिका जनतालाई यस अभियानमा सहभागी हुन र समयमै दर्ता गर्न आग्रह गरेको छ । यो सेवा जन्म प्रमाणपत्र, मृत्यु प्रमाणपत्र, विवाह प्रमाणपत्र लगायतका कानुनी कागजातहरूका लागि आधारभूत कदम हो।

Tokha