लागू औषधिसहित नौ जना पक्राउ

लागू औषधिसहित नौ जना पक्राउ

काठमाडौँ, १४ फागुन : देशका विभिन्न जिल्लाबाट लागू औषधिसहित नौ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासी (पूर्व) र कैलालीबाट उनीहरू बुधबार पक्राउ परेका हुन्।

प्रहरीका अनुसार अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र पाइने औषधि बरामद गरिएको छ।

सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शङ्का लागेर जाँच गर्दा प्रतिबन्धित पदार्थ फेला परेको जनाएको छ।

पक्राउ परेकामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tokha