सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, १४ फागुन : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ६०० र चाँदीको मूल्य रु १० ले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३ लाख १५ हजार ४०० कायम भएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य रु ५ हजार ७२५ निर्धारण गरिएको छ।

यसअघि बुधबार एक तोला छापावाल सुन रु ३ लाख १४ हजार ८०० र चाँदी रु ५ हजार ७१५ मा कारोबार भएको थियो। गत सोमबार सुनको मूल्य रु ३ लाख १३ हजार ५०० र चाँदीको मूल्य रु ५ हजार ५९५ कायम भएको थियो।

अन्तरराष्ट्रिय बजारमा भने आज एक औँस सुन ५ हजार १९० अमेरिकी डलर र सोही परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Tokha