काठमाडौँ, १३ फागुनः आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने तोलामा रु १३० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ८०० कायम भएको छ। चाँदीको मूल्य बढेर प्रतितोला रु पाँच हजार ७१५ निर्धारण भएको छ।
हिजो मङ्गलबार पनि छापावाल सुन प्रतितोला रु तीन लाख १४ हजार ८०० मै कारोबार भएको थियो भने चाँदी रु पाँच हजार ५८५ मा किनबेच भएको थियो। सोमबार सुन प्रतितोला रु तीन लाख १३ हजार ५०० र चाँदी रु पाँच हजार ५९५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार १८० अमेरिकी डलर तथा सोही परिमाणको चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।































