लागुपदार्थसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

लागुपदार्थसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ, ८ फागुन: देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूबाट खैरो हिरोइन तथा चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधि बरामद गरिएको प्रहरीले जनाएको छ। नियमित सुरक्षा गस्तीका क्रममा बुधबार र बिहीबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

Tokha