राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस मूल समारोहमा सरिक

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस मूल समारोहमा सरिक

काठमाडौँ, ७ फागुन : राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ। राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुनुभएको हो। सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो। समारोहमा नेपालको कला–संस्कृति झल्कने विभिन्न झाँकी, मार्चपास, नृत्य तथा सांगीतिक प्रस्तुति गरिएको थियो। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वको सहभागिता रहेको थियो।

Tokha