काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यससँगै कम्पनीले शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश दिने भएको हो । घोषित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयर धनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले नियमित रूपमा नाफा आर्जन गर्दै सेयर धनीलाई प्रतिफल उपलब्ध गराउँदै आएको छ । यसपटक पनि बोनस सेयरमार्फत पूँजी वृद्धि गर्दै नगद लाभांशसमेत दिने निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश गएको छ ।

































