काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०५ अंकले घटेर २६७२.३९ को बिन्दुमा कायम भएको छ ।
आज विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा व्यापार समूह ०.२४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । दुई सय १२ कम्पनीको सेयर मूल्य घट्दा ४२ को मात्रै बढेको छ ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ५.४० प्रतिशतले घटेको छ ।

































