काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य उकालो लागेको छ ।
आइतबार प्रतितोला ९ हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार थप ४ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २४० रुपैयाँले वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५ हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

































