सेयर बजार १० अंकले घट्यो, ११ अर्ब ६५ करोडको कारोबार

सेयर बजार १० अंकले घट्यो, ११ अर्ब ६५ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य अंकले घटेको छ । नेप्से सूचक १०.२५ अंकले घट्दै ०.३७ प्रतिशतको कमी सहित २६९८.४४ बिन्दुमा झरेको हो ।

आइतबार ‘अन्य’ र लगानी उपसूचक बाहेक सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन उपसूचक २.१३ प्रतिशतले घट्दा यस समूहका लगानीकर्ताले उच्च नोक्सानी व्यहोर्नु परेको छ ।

आज कुल ३३० धितोपत्रको १ लाख ११ हजार ९७८ पटक कारोबार हुँदा २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच भएको छ । कुल कारोबार रकम ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

कारोबारका आधारमा आज सुपर माई हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । त्यस्तै, रिडी पावर कम्पनी, खानीखोला हाइड्रोपावर र हिमालयन हाइड्रोपावरका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन् ।

यता, कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य ८.९१ प्रतिशतले घटेको हो । यसका साथै कर्पोरेट विकास बैंक र नारायणी विकास बैंकसहित केही अन्य धितोपत्रको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ ।

कारोबार रकमका आधारमा सुपर मादी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै किनबेच भएको छ ।

Tokha