सेयर बजारमा निरन्तर गिरावट, कारोबार साढे ७ अर्बमा खुम्चियो

सेयर बजारमा निरन्तर गिरावट, कारोबार साढे ७ अर्बमा खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि घट्ने क्रममै देखिएको छ । अघिल्लो दिन मंगलबार १२ अंकले घटेको नेप्से बुधबार सामान्य उतारचढावबीच अन्ततः ओरालो लाग्दै बन्द भएको हो ।

नेप्सेमा बुधबार ३२६ कम्पनीका ८० हजार ४२२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । यो रकम मंगलबारको तुलनामा कम हो । मंगलबार नेप्सेमा साढे ८ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

परिसूचक घटे पनि बुधबार चार कम्पनी सकारात्मक ‘सर्किट’ लागेको नेप्सेले जनाएको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखुखोला जलविद्युत रहेका छन् । तीमध्ये आँखुखोला जलविद्युत कम्पनीको सेयरमा सबैभन्दा धेरै कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीहरूमध्ये १३४ कम्पनीको सेयर मूल्य घट्दा ११३ कम्पनीको मूल्य बढेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

समूहगत परिसूचकतर्फ बैंकिङ समूह ४.५६ अंकले घटेको छ । यस्तै, जीवन बिमा १७।१९, उत्पादनमूलक ४९.६४, लघुवित्त १५.१४, सामूहिक लगानी कोष ०.०६ र अन्य समूह ७.२५ अंकले ओरालो लागेका छन् ।

यद्यपि, विकास बैंक समूह ६.०७ अंकले बढेको छ भने वित्त २३.३३, होटल १४.०८, जलविद्युत १३.४०, लगानी ०.०९, निर्जीवन बिमा १५.१८ र व्यापार समूह १८.९१ अंकले उकालो लागेको छ ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । मंगलबार परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको थियो ।

Tokha