काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै बहुमूल्य धातुको भाउ घटेसँगै बजारमा किनबेचमा समेत चासो बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८०० मा कारोबार भइरहेको छ, जुन हिजोको तुलनामा २० हजार ५०० ले कम हो । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ४४० ले घटेर ७ हजार ६५ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला ३ लाख ३९ हजार ३०० र चाँदी रु ७ हजार ५०५ मा कारोबार भएको थियो । यसअघि बुधबार सुनको भाउ हालकै बराबर ३ लाख १८ हजार ८०० र चाँदी ७ हजार ३०० कायम भएको थियो भने मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० र चाँदी ६ हजार ८७० मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल विश्व बजारमा सुन प्रतिऔँस ५ हजार ५३७ अमेरिकी डलर र चाँदी प्रतिऔँस ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

































