सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला तीन लाख ३९ हजार ३०० पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला तीन लाख ३९ हजार ३०० पुग्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । निरन्तर उकालो लागेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, एक तोला चाँदीको मूल्य सात हजार ५०५ रुपैयाँ तोकिएको छ ।

यसअघि बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

केही दिनयता लगातार बढ्दै गएको सुनको मूल्यले उपभोक्ता र व्यवसायी दुवैलाई चासोमा पारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतिऔँस १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि, डलरको उतारचढाव र विश्वव्यापी आर्थिक अनिश्चितताका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य बढ्दै गएको व्यवसायीहरूको भनाइ छ ।

Tokha