सुनको मूल्यमा ‘रकेट’ गतिको वृद्धि, तोलामा ३ लाख १८ हजार ८ सय पुगेर बन्यो नयाँ रेकर्ड

सुनको मूल्यमा ‘रकेट’ गतिको वृद्धि, तोलामा ३ लाख १८ हजार ८ सय पुगेर बन्यो नयाँ रेकर्ड

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको छ ।

मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल ६ हजार ८७० कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tokha