काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४.५८ अंकले घटेर २७२६.५१ को बिन्दुमा कायम भएको हो । जुन १.५३ प्रतिशतको गिरावट हो ।
आज विभिन्न ३३३ कम्पनीका तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता सेयर एक लाख ४२ हजार ४७६ पटक खरिदबिक्री हुँदा १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार ४४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १.४९, विकास बैंक एक, वित्त २.४४, होटल तथा पर्यटन १.९०, जलविद्युत १.४१, लगानी १.७०, जीवन बिमा १.८५, र उत्पादन तथा प्रशोधन समूह १.४० प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बिमा समूह १.७४, व्यापार ०.५१ र अन्य समूह १.९७ प्रतिशतले घटेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढेको छ । साथै ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य ६.९३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै राधी विद्युत कम्पनी लिमिटेडको ५७ करोड ८५ लाख १६ हजार ७७ बराबरको खरिदबिक्री भएको छ । त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ लाख ८० हजार ८८८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

































