सुनको मूल्यमा फेरि रेकर्ड, प्रतितोला ३ लाख ९ हजार ३ सय पुग्यो

सुनको मूल्यमा फेरि रेकर्ड, प्रतितोला ३ लाख ९ हजार ३ सय पुग्यो

काठमाडौं । सुनको मूल्यले मंगलबार फेरि उच्च विन्दु छोएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढ्दै ऐतिहासिक स्तरमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै सबैभन्दा महँगो मूल्य हो । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा किनबेच भएको थियो । यसअघि आइतबारको तुलनामा सोमबार सुनको मूल्य एकैदिन ५ हजार २ सय रुपैयाँले उक्लिएको थियो ।

चाँदीको मूल्यमा पनि निरन्तर वृद्धि देखिएको छ । मंगलबार चाँदी प्रतितोला १ सय ५ रुपैयाँले बढेर ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार चाँदीको मूल्य ६ हजार ४ सय ८० रुपैयाँ थियो ।

Tokha