अकाशियो सुनको भाउ : एकैदिन ५ हजार २ सयले बढेर प्रतितोला ३ लाख ९ हजार पुग्यो

अकाशियो सुनको भाउ : एकैदिन ५ हजार २ सयले बढेर प्रतितोला ३ लाख ९ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले वृद्धि भई ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने त्यसको अघिल्लो दिन बिहीबार सुनको मूल्य २ लाख ९२ हजार २ सय रुपैयाँ थियो। शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि सोमबार बढेको छ । आज चाँदी प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य ६ हजार ४ सय ८० रुपैयाँ थियो ।

गत शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Tokha