सुनको मूल्यमा रेकर्ड : प्रतितोला ३ लाख नाघेर ३ लाख ३ हजार ८०० पुग्यो

सुनको मूल्यमा रेकर्ड : प्रतितोला ३ लाख नाघेर ३ लाख ३ हजार ८०० पुग्यो

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन  दुई हजार ४०० र चाँदी दुई सय ९० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल ६ हजार ४८० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य  तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल ६ हजार १९० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tokha