काठमाडौं । सोमबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । कारोबार भएका सबै सूचक हरियो रहेसँगै नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९ विन्दुमा उक्लिएको हो ।
आज २१४ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो दिन ५ अर्ब १ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ४७ करोड रुपैयाँको सेयर किनबेच भयो ।
आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ । सो समूह ३.०५ प्रतिशतले उक्लिँदा अन्य सबै समूहका सूचक पनि बढेका छन् । बैंकिङ समूह ०.६५, विकास बैंक २.७०, वित्त ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बिमा ०.४९, लघुवित्त ०.५३, निर्जीवन बिमा ०.४२, अन्य ०.७८ तथा व्यापार समूह ०.२२ प्रतिशतले बढेका छन् ।
सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी दरामखोला हाइड्रोपावरको सेयर ९.५४ प्रतिशत, हिमस्टार ऊर्जाको ८.५४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ८.५३ प्रतिशत र ट्रेड टावरको ८.४८ प्रतिशतले बढ्यो ।
उता केही कम्पनीको सेयर मूल्य घटेको छ । सप्तकोशी विकास बैंकको २.४९ प्रतिशत र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २.२३ प्रतिशतले मूल्य घटेको छ ।

































