काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुन र चाँदीको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य तोलामा १८०० रुपैयाँ र चाँदीको मूल्य १६५ रुपैयाँले वृद्धि भएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला चार हजार ५ सय ६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन बिहीबार तोलामा दुई लाख ६७ हजार ५०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य चार हजार ४ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्य लगातार बढिरहेको छ ।

































