सेयर बजार १३.८८ अंकले घट्यो,  ३ अर्ब ५१ करोडको कारोबार

सेयर बजार १३.८८ अंकले घट्यो,  ३ अर्ब ५१ करोडको कारोबार

काठमाडौं । सेयर बजार सोमबार घटेको छ । कारोबारको अधिकांश समय बजार ओरालो लागेपछि नेप्से परिसूचक १३.८८ अंकले घट्दै २५८१ अंकमा सीमित भएको हो ।

बजारसँगै कारोबार रकममा पनि को घटेको छ । अघिल्लो दिन ४ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ५१ करोड रुपैयाँमा झरेको छ ।

यस दिन जम्मा ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । पाँच कम्पनीको मूल्य स्थिर रह्यो । व्यापार समूहबाहेक अन्य सबै समूहका सूचक नकारात्मक देखिएका छन् । व्यापार समूह ०.५७ प्रतिशतले घट्दा जीवन बिमा १.०१ र होटल तथा पर्यटन समूह १.२६ प्रतिशतले ओरालो लागे ।

त्यसैगरी बैंकिङ ०.३५, विकास बैंक ०.३७, वित्त ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, लघुवित्त ०.४५, निर्जीवन बिमा ०.४५ र अन्य समूह ०.६९ प्रतिशतले घटेका छन् ।

कम्पनीगत रूपमा हेर्दा एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १० प्रतिशतले वृद्धि भयो । सीवाईसी लघुवित्त ५.९०, पियोर इनर्जी ५.८७ तथा हिमालयन पावर पार्टनरको सेयर ३.५२ प्रतिशतले बढ्यो ।

विपरीत रूपमा, मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ६.८४ प्रतिशतले घट्यो । लक्ष्मी लघुवित्त ५.५८, स्वस्तिक लघुवित्त ५.५१ तथा तेह्रथुम पावरको सेयर मूल्य ५.२० प्रतिशतले ओरालो लाग्यो ।

Tokha