काठमाडौं । नेपाली बजारमा आइतबार चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । पहिलो पटक चाँदी प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघ्दै ४ हजार १०५ रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन चाँदी ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच, सुनको मूल्य भने सामान्य रूपमा घटेको छ । आइतबार सुन प्रतितोला १ सय रुपैयाँ घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा तोकिएको महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो ।
गत सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ३ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

































