सुनको मूल्य प्रतितोला दुई हजारले घट्यो

सुनको मूल्य प्रतितोला दुई हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार रुपैयाँले कम हो ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ । बिहीबार प्रतितोला चार हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच रुपैयाँमा झरेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँ घटेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार तीन सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tokha