सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय पुग्यो, चाँदी हालसम्मकै उच्च

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय पुग्यो, चाँदी हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको मूल्यअनुसार यस दिन सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । बुधबार सुन २ लाख ५९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो । यसअघि सोमबार सुनले हालसम्मकै उच्च मूल्य २ लाख ६० हजार ७ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ४ हजार ८० रुपैयाँमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च अवस्थामा रहेको छ । आज सुन प्रतिऔंस ४ हजार ३ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Tokha