सुनको प्रतितोला १ हजार ७ सय रुपैयाँले, चाँदी हालसम्मकै उच्च

सुनको प्रतितोला १ हजार ७ सय रुपैयाँले, चाँदी हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

सोमबार ऐतिहासिक उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ। सोमबार प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३ हजार ८८५ रुपैयाँ पुगेको छ । यो मूल्य चाँदीको हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार २७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Tokha