नेप्से परिसूचक १२.५० अंकले घट्यो

नेप्से परिसूचक १२.५० अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको हो ।

आज ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ६० हजार ६९९ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ लाख ५५ हजार ७७ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा बैंकिङ र म्युचुअल फण्ड उपसमूह सामान्य अंकले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिटी होटल लिमिटेडको सेयर मूल्य ६.२६ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेड (प्रमोटर) को २६ करोड १८ लाख ५५ हजार ९३० बराबरको २४ लाख ९३ हजार ८६६ कित्ता सेयर किनबेच भएको छ ।

Tokha